काठमाडौं । खेल मिलेमतोको आरोप लागेका ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई अदालतले सफाइ दिएको हो ।
राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेष अदालतमा दर्ता भएको थियो।
इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

447 पटक हेरिएको 

