अबैध पासपोर्ट संकलन गर्ने होटल र ट्राभल एजेन्सीमा छापा

काठमाडौं । विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा सरकारले छापा मार्न सुरु गरेको छ । विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेका छन् ।

विदेशिने युवालाई प्रलोभनमा पारेर महिनाअघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न हुनेविरुद्ध कारवाही अभियान सुरु भएको हो । यस्ता पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारवाही गर्ने कामको सुरुआत भएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ ।

यस्ता केन्द्रका म्यानपावरले तोकिएकोभन्दा बढी पैसा अशुल्ने गरिरहेका छन् । यस्ता पासपोर्ट संकलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ ।

बुधबार प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदेश पठाउने बाहानामा थन्क्याएर राखिएका ४१ वटा पासपोर्ट जफत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार