जुम्ला । नेपालगन्जबाट जुम्लाका लागिका उडेको तारा एयरको ट्विनेटेर विमान शनिबार दिउँसो सवा ३ बजे अवतरणका क्रममा जुम्ला विमानस्थलमा दुर्घटना भएको छ ।
विमानस्थलको रनवेमा जहाजको चक्का पन्चर (फुटेर) दुर्घटना भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनु भयो ।
जहाजमा १६ जना यात्रु र २ जना चालक दलका सदस्यसहित १८ जना सवार सबै सकुशल रहेका छन । धावनमार्गमा नोज ठोक्किन पुगेको विमान दुर्घटनामा मानवीय क्षती भएको छैन ।

608 पटक हेरिएको 

