काठमाडौं । काठमाडौंको यूएन पार्कमा गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका मोस्ट वान्टेड लामालाई पक्राउ गर्न अपराध महाशाखाको टोली पुगेको र प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ ।लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

599 पटक हेरिएको 

