प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागी सिफारिश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलबार बसेको निर्वाचनपछिको पहिलो परिषद् बैठकले जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्ले पराजुलीको नाम संसदीय सुनुवाइका लागी संघिय संसदमा पठाएको छ । संघिय संसदले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रावधान छ ।

प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख न्यायपरिषदबाट संवैधानिक परिषद् आएको र त्यसमा छलफलपछि कायममुकायम प्रधानन्यायाधीश जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागी सिफारिश गरिएको कानुनमन्त्री शेर वहादुर तामाङले जानकारी दिनुभयो ।

२०११ साल असोज २४ गते जन्मनुभएका कायममुकायम प्रधानन्यायाधीश जोशीले एमएबिएल सम्मको अध्ययन गर्नुभएको छ भने २६ बर्षभन्दा बढि न्यायसेवामा विताईसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार