धनगढी । प्रदेश नम्बर ७ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल भएको थियो ।
आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५/७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

566 पटक हेरिएको 

