विश्वकपः लगातार १६ खेल जितेको स्पेनसँग पोर्चुगल भिड्दै

काठमाडौँ । समूह चरणकै सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिएको पोर्चुगल र स्पेन रूसको सोची शहरमा एक अर्काविरुद्ध भिड्दै  विश्वकप यात्रा थाल्नेछन् ।

सन् २०१२ को युरोकपपछि ठूला प्रतियोगितामा हुन लागेको पहिलो खेल निकै महत्वका साथ हेरिएको छ । २०१२ मा गोलरहित बराबरीमा सकिएको खेल स्पेनले टाइब्रेकरमा जितेको थियो ।

सन् २०१० को विश्वकप तथा सन् २००८ र सन् २०१२ को युरोकप विजेता स्पेनसँग क्रिष्ट्रियानो रोनाल्डो, रिकार्डो क्वारिज्मा, बर्नार्डो सिल्भा र आन्द्रे सिल्भाजस्ता युवा खेलाडीहरुले भरिएको पोर्चुगलको खेल रोचक हुनेछ ।

अहिलेसम्म दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले ६ वटा खेल मात्रै जीतेको छ भने स्पेनले १६ मा जीत हासिल गरेको छ । यसमध्ये १३ खेल बराबरीमा सकिएको छ ।

३५ खेलमा स्पेनले ७२ तथा पोर्चुगलले ४१ गोल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार