नेकपा दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट, के होला अब ?

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । निर्वाचन आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै दर्ताको निर्णय खारेजीको माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी अधिवक्ता इन्दु तुलाधरलगायत १२ जनाले कानुनी प्रक्रिया पुरा नगरी नेकपा निर्वाचन आयोगमा दर्ता भएको दाबीसहित बदरको माग राखेका छन् ।

दलको सबै तहको समितिमा कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने प्रावधानविपरीत समावेशीको मापदण्ड पूरा नगरेको दललाई आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै निवेदकहरुले दर्ताको निर्णय खारेजीको माग गरेका हुन् ।

गत जेठ तीन गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार