विश्वकपः जर्मनी पराजित, ब्राजिल समेत बराबरीमा रोकियो

काठमाडौं । विश्वकपमा दाबेदार मानिएकाे ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। ब्राजिललाई समूह ‘ई’ को खेलमा स्विट्जरल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो।

खेलमा अग्रता भने ब्राजिलले लिएको थियो। ब्राजिलका लागि फिलिप काउटिन्होले २० मिनेटमा गोल गरेका थिए। उनले डिबक्स नजिकबाट हानेको प्रहारले सिधै जाली चुम्दा ब्राजिल १-० गोलले अघि बढेको थियो।

जारी विश्वकपमा बलिया मानिएका टिम राम्रो सुरुवात गर्न सकेका छैनन्। डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समेत मेक्सिकोले १–० गोलअन्तरले पराजित गर्दा अर्जेन्टिना पनि आइसल्यान्डले बराबरीमा रोकेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार