काठमाडौँ । सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर गरिएको रिट निवेदनमा परिषद्को निर्णय बदर गर्न माग गरिएको हो ।
काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राख्न भन्दै जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गते अागमी साउन १ गतदेखि लागू हुनेगरी शीतल निवास निषेधित क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र, संसद् भवन, नयाँ बानेश्वर निषेधित क्षेत्र, सिंहदरबार निषेधित क्षेत्र, उपराष्ट्रपति निवासतर्फ निषेधित क्षेत्र र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको थियो ।

402 पटक हेरिएको 

