सुर्तीजन्य पदार्थले मुटु रोग पनि हुनसक्छ-विज्ञ

२३, काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, ललितपुर शाखाले  विश्व धुमपान दिवसका अवसरमा लगनखेलमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संस्थाले ललितपुरको लगनखेल क्षेत्रमा रहेका विभिन्न विधालयहरु विच धुमपान र धुमपान बाट हुने क्षतिका वारेमा विधार्थीहरु विच सोमवार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

वक्तृत्वकलामा मच्छिन्द्र माध्यमिक विधालय, भृकृटी माध्यमिक विधालय, श्री प्रभात माध्यमिक विधालय, श्री श्रमजित किशोर माध्यमिक विधालय र श्री महालक्ष्मी माध्यमिक विधालयका विधार्थीहरु सहभागी रहेका थिए । उनीहरुले धुमपानबाट क्यान्सर मात्र नभएर मुटु रोग पनि हुनसक्छ भन्ने पछिल्लो तथ्यांकलाई उजागार गरिदिएका थिए ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने विजेताहरुलाई क्रमशः एक हजार,  छ सय पचास र पाच सय रुपैयाका दरले नगद प्रदान गरिएको थियो । त्यसैगरी, सान्त्वना पुरस्कार तीन सय र सवैलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक तथा अर्वुद रोग निवारण संस्थाका सचिव केदार कार्कीले जानकारी दिनुभयो । उहाले कार्यक्रमबाट समाजमा जनचेतना फैलाउन तथा सुर्तिजन्य पदार्थले हुने क्षति न्यूनीकरणका लागि ठुलो मद्धत पुगेको बताउनुभयो ।

यस वर्षपनि मे ३१ का दिन “सुर्तिजन्य पदार्थ, धुमपान र मुटुरोग” भन्ने नारा सहित विश्वभर धुमपान दिवस मनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार