मन्दिर पुननिर्माणका लागि जापानमा रहेका नेपालीको सहयोग

२५, काठमाडौं ।  भुकम्पबाट भत्केको काभ्रेपलान्चोकको ऐतिहासिक थानापति देवीको मन्दिर पूननिर्माणका लागि जापानमा रहेका नेपालीहरुले ५० हजार रुपैया सहयोग गरेका छन् । जापान स्थित समाज कल्याण गतिविधी नेपालका संयोजक लिलाबहादुर श्रेष्ठको नेतृत्वमा संकलित रकम मन्दिर पुननिर्माणका लागि सहयोग गरेका हुन् ।

उक्त सहयोग रकम शनिवार एक कार्यक्रमको आयोजना गरी गतिविधी नेपालका केन्द्रिय अध्यक्ष गणेश महताराले मन्दिर पून निर्माणका अध्यक्ष गणेश श्रेष्ठलाई हस्तान्तरण गर्नूभयो ।

पछिल्लो समयमा गतिविधी नेपालले विभिन्न सामाजिक काम गदै आएको छ । त्यसैको निरन्तरता स्वरुप मन्द्रिर पून निमार्णका लागि सहयोग गरिएको समाज कल्याण गतिविधी नेपालका अध्यक्ष गणेश महताराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार