बोनम्यारो पीडित रत्नमान तामाङलाई जापानमा रहेका नेपालीको ४१ हजार सहयोग

४ काठमाडौं । समाज कल्याण गतिविधी नेपाल, जापान शाखाले एप्लोष्टिक एनीमिया रोगबाट पीडित सिन्धुपाल्चोकका रत्नमान तामाङलाई ४१ हजार १ सय २५ रुपैया सहयोग गरेका छन् । गतिविधि नेपालले आफ्नो पारिश्रमिकबाट कट्टा गरि पीडितका काका सिद्धीवहादुर लामा तामाङलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा पीडितका काका सिद्धिवहादुर लामाले आर्थिक अभावका कारण भतिजको उपचार हुन नसकेको भन्दै रकम पाएपछि तत्कालै विरामीको ब्रोन म्यारोको प्रत्यारोपण गरिने बताउनुभयो ।

कार्यक्रममा समाज कल्याण गतिविधी नेपालका केन्द्रीय अध्यक्ष गणेश महताराले आफुहरुले केही वर्ष यता देखि निरन्तर रुपमा सहयोग र सामाजिक काम गदै आएको जानकारी दिदै त्यसको निरन्तर स्वरुप प्राणघातक रोगबाट पीडित रत्नमान लामा तामाङलाई सहयोग उपलब्ध गराएको बताउनुभयो ।

पांचखाल ११, लेखालिटोलका स्थायी वासिन्दा रत्नमान तामाङ लामा लामो समय देखि एप्लोष्टिक एनीमिया रोगबाट पीडित थिए । उनको उपचारमा कही कतैबाट सहयोग नपाएको खवर पाएपछि जापान स्थित समाज कल्याण गतिविधी नेपालका संयोजक लिलाबहादुर श्रेष्ठको नेतृत्वमा रकम संकलन गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा गतिविधि नेपालले बिभिन्न ठाउबाट प्राप्त भएको रकमको टुहुरा तथा बालबालिकाहरुलाई निशुल्क स्टेसनरी सामान समेत सहयोग गरेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार