६, काठमाडौं । मलेसिया सरकारले गैरकानुनी रुपमा वसेका विदेशी कामदार माथि धरपकड तिव्र बनाएपछि त्यहाँ कार्यरत नेपाली कामदारहरु धमाधम स्वदेश फर्कन थालेका छन् । मलेसियाको पेनाङ, जोहरवारु, केएल लगायतका ठाउँमा लुकिछिपी काम गरिरहेका सयौ नेपाली कामदार धमाधम स्वदेश फर्कन थालेका हुन ।

आईतवार मात्र मलेसियाको पेनाङ क्षेत्रमा गैरकानुनी रुपमा काम गरिहेका १५ जना नेपाली स्वदेश आईपुगेका छन् । उनीहरु मलेसियाको एयर एशिया विमानबाट दिउँसो २:०० बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उत्रिएका हुन । १५ जनालाई दुई दिन अघि मात्र पेनाङ स्थित जनउद्धार केन्द्रले दुतावासको सहयोगमा ट्राभल्स डकुमेण्ड (अनुमति पत्र) मिलाईदिएको थियो ।

स्वदेश आईपुगेका मध्ये बाँकेका पूर्ण बहादुर बिष्टले म्यानपावरको लापरवाहीका कारण आफु मलेसियामा गैरकानुनी रुपमा काम गर्नुपरेको गुनासो गर्नुभयो । ” उनले भने, प्रहरीले कुन वेला पक्राउ गर्ने हो, पत्तै थिएन, डेढ वर्ष देखि त्रासमै काम गरियो बिष्ट भने । नेपाल आउन पाएकोमा खुसि व्यक्त गदै, जनउद्धार केन्द्रलाई धन्यवाद समेत दिए” । बिष्ट डेढ वर्ष अघि मलेसियामा रोजगारीका लागि गएका थिए । तर, बिष्टलाई त्यहाँ पुगेको १५ औं दिनमा कम्पनीले मेडिकल अनफिट भन्दै काम गर्ने अनुमति नदिएपछि अर्कै कम्पनीमा काम गदै आएका थिए ।

बिष्ट जस्तै, सल्यानका मनिराम बिकले पनि मलेसियामा १ वर्ष देखि कठिन पुर्वक काम गरेको गुनासो गरे । उनले मलेसियामा अवैध रुपमा काम नगर्न समेत अन्य नेपालीलाई आग्रह गरेका छन् ।
मलेसियाको पेनाङ स्थित जनउद्धार केन्द्रमा अहिले पनि स्वदेश फर्कनका लागि १ सय जना भन्दा वढी नेपाली कामदारको आवेदन परेको छ । उनीहरु मध्ये कागजात मिलेका १५ नेपालीलाई पहिलो चरणमा स्वदेश पठाएको जनउद्धार केन्द्र पेनाङका अध्यक्ष केशु थापाले बताउनुभयो । ८५ जना भन्दा बढीलाई केहि दिन भित्रमा कागजात मिलाएर स्वदेश पठाउने तयारी गरिरहेको समेत बताउनुभयो । पेनाङ स्थित जनउद्धार केन्द्रले केही समय यता देखि लगातार रुपमा जेलमा परेका, विरामी तथा असक्त नेपाली कामदारलाई उद्धार गरी नेपाल पठाउदै आएको छ ।
अन्य फोटोहरु :



फोटो : संगम कोइराला
भिडियो लागि तलको लिंक मा Click गर्नुहोला ।

3880 पटक हेरिएको 

