सभासद् गणेश दुलालले सप्तरीमा बाढी प्रभावितको घर बनाउन १ महिनाको पारिश्रमीक दिने

काठमाडौं, १८ । प्रदेश ३ का सभासद् गणेश दुलालले गत वर्ष आएको वाढीबाट प्रभावित सप्तरीको तिरहुत गाउँ -पालिका, मैयनाकडेरीमा घर निर्माणका लागि १ महिनाको पारिश्रमीक दिने घोषणा गर्नुभएको छ । लायन्स क्लव अफ काठमाडौं ग्रान्ड सेन्टिनियलको शुक्रवार, काठमाडौंमा भएको कार्यक्रममा सभासद् दुलालले १ महिनाको पारिश्रमीक दिने घोषणा गर्नुभएको हो । उहाले आफुले सभासद्को हैसियतले अहिलेसम्म कुनै पनि पारिश्रमीक नलिएको भन्दै १ महिनाको तलव ग्राण्ड सेन्टिनियलको कोषबाट खर्च गर्ने गरी दिने बताउनुभयो ।

कार्यक्रममा ३ नम्वर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले लायन्स क्लवको कामबाट आफु निकै प्रभावित भएको भन्दै अन्य काम भन्दा आफु अहिले निती नियम बनाउने काममा व्यस्त रहेको बताउनुभयो । त्यसैगरी, कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गर्भनर सुर्दशनधर प्रधानाङ्कले ग्याण्ड सेन्टिनियलले छोटो समयमा अन्य क्लवको तुलनामा राम्रो काम गरेको भन्दै प्रसंसा गर्नु भयो  । उहाले  घर निर्माणका बिषयमा आगामी वैठकमा छलफल गर्ने भन्दै तत्कालको लागि १ वटा घर बनाउने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

कार्यक्रममा लायन्स क्लवका पुर्व काउन्सिल चियरम्यान पंकज प्रधानले लायन्समा ३ नम्वर प्रदेशका सभामुखलाई सदस्यको रुपमा देख्न पाएको भन्दै खुसि व्यक्त गर्नुभयो । उहाले विपतका वेलामा आफुहरु जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

गत वर्ष तराईका विभिन्न जिल्लामा आएको वाढीबाट हजारौ विस्तापित भएका थिए । त्यसमा लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियलले १५ वटा घर बनाउने घोषणा गरेको थियो । जसमा पहिलो चरणमा ५ वटा घर बनाउने विषयमा यस अघिनै सम्झौता भईसकेको छ । बाकीं घर निर्माणका लागि विभिन्न ठाउँबाट रकम संकलन भईरहेको लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टियिनका अध्यक्ष सर्जूवाबा श्रेष्ठले जानकारी दिनुभयो । उहाले लायन्स क्लव डाउन टाउनले २५ हजार रुपैया दिने प्रतिवद्धता जनाएको समेत बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ डाउन टाउनका अध्यक्ष दिनेश श्रेष्ठ, लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियका उपाध्यक्ष विनोद सिटौला, सचिव केदार कार्की, सहकोषाध्यक्ष किशोर राणा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार