कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले सो आदेश दिएको हो । समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ मा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जनाइएको छ ।
पछिल्ला दिन भीमदत्तनगर नगरपालिका क्षेत्रमा बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किदै आएको छ । शुक्रबार पनि सोही माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको थियो । नेविसंघको प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले गोली चलाउँदा स्थानीय एकजनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् ।

462 पटक हेरिएको 

