रष्ट्रिय लेखन प्रतियोगिताको उपाधी सिम्रन थिङ र कंचन अधिकारीलाई

९, काठमाडौं । रष्ट्रिय “लेखन प्रतियोगिता” को उपाधी सिम्रन थिङ र कन्चन अधिकारीले हात पारेकी छिन् । वाल विकास एनसीएमएयसले विभिन्न विधालयका विधार्थीहरु बीच गरेको लेखन प्रतियोगिताको उपाधी कपन स्थित प्रिन्सटन इंगलिस सेकेन्डऱीमा अध्ययनरत छात्रा सिम्रन थिङ र  तनहुँ स्थित सतिश वोडिङ स्किुलमा अध्ययनरत छात्रा कन्चन अधिकारीले जुनियर र सिनियर पुरस्कार हात पारेका हुन् ।

त्यसैगरी, दोस्रो जुनियर लेखन प्रतियोगितको उपाधी ग्लेनबड्स स्कुलका शाक्षिक मिश्रले जितेका छन् । तेस्रोमा प्रोलिफिक उमाविमा अध्ययनरत रिवाज भण्डारीले हात पारेका छन् । त्यसैगरी, सिनियरतर्फको दोस्रो विजेता नयाँ-बजार स्थित दिपशिखा उमाविका छात्रा विमला पौडेल भएका छन् । तेस्रोमा तनहुँकै शतिश बोडिङ स्कुलकै छात्रा समिक्षा परिवारले हात पारेकी छिन् । विजेताहरुलाई समाजका अध्यक्ष तेजु नेपालले शनिवारै एक कार्यक्रमको आयोजना गरी क्रमशः २० हजार, १५ हजार, १० हजार, ७ हजार र ३ हजारको दरले नगद सहित प्रमाणपत्र हस्तान्तरण गर्नूभयो ।

कार्यक्रममा, मनोविद डा.गंगा पाठक, एनप्याब्सन तनहुँका वरिष्ठ उपाध्यक्ष दिर्घ दराई, पिन्सिटल एकेडिमीका गंगा दाहाल लगायतको उपस्थिती रहेको थियो । उनीहरुले पछिल्लो समयमा अबाकस विधी विधार्थीका लागि अति आवश्यक भएको धारणा राखेका थिए ।

गंगुव स्थित वाल विकासले केही समय यता देखि अबाकस कार्यक्रमलाई अगाडी वढाईरहेको छ । अगामी दिनमा पनि गाउँ-गाउँ पुरयाउने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार