सवारीमा जोरबिजोर प्रणाली लागू

काठमाडाैँ । बिमस्टेक शिखर सम्मेलनका कारण आजदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर–विजोर प्रणाली लागू भएको छ ।

आज र १५ गते बिजोर नम्बर ) भएका सवारीसाधन चल्न पाउनेछन् भने १४ गते जोर नम्बर भएका सवारीसाधन मात्रै सडकमा निस्कन पाउनेछन् ।

सरकारले निजी, भाडा र सार्वजनिक गरी सबै यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू हुने जनाएको छ । तर सञ्चारकर्मी (पत्रकार) चढ्ने प्रेसका सवारी साधनसहित अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर प्रणाली लागू भएको  गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार प्रेस, एम्बुलेन्स, पानी, दूध, शवबाहनजस्ता सवारीसाधनमा भने जोर–बिजोर प्रणाली लागू हुने छैन । यसैबीच सरकारले बिहिबार र शुक्रबार उपत्यकाका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार