२० भदौं, काठमाडौं । हरितालिका तीजको अवसरमा जापानमा भब्य कार्यक्रम सम्पन्न भएको छ । समाजकल्याण गतिविधी नेपाल, जापान शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित भएका महिलाहरुले दुखसुख साटासाट गदै दर खाएर रमाईलो गरेका थिए । जापानमा रहेका कलाकारहरु कुमार श्रेष्ठ र दिनेश गौतमले कार्यक्रममा वेजोड प्रस्तुत दिएपछि महिलाहरु खुलेर नृत्य गरेका थिए ।

समाजकल्याण गतिविधी नेपालीले केही वर्ष यता देखि जापानमा विभिन्न कार्यक्रमहरु गदै आएको छ । त्यसैको निरन्तरता स्वरुप तिजको दर खाने कार्यक्रम आयोजना गरिएको समाजकल्याण गतिविधी नेपाल जापान शाखाका संयोजक लिलाबहादुर श्रेष्ठले बताउनुभयो ।

शनिवार नेपालको बृहस्थली बृद्ध आश्रममा
समाजकल्याण गतिविधी नेपाल, केन्द्रिय कार्यालयले अगामी शनिवार बुद्ध-बुद्धा आश्रममा रहेका महिलाहरुलाई दर खुवाउने कार्यक्रम तय गरेको छ । गतिविधी नेपालका अध्यक्ष गणेश महताराको संयोजकत्वमा चपली हाइट स्थित बृहस्थली बृद्ध आश्रममा तीज विशेष कार्यक्रम आयोजना हुुन लागेको हो । कार्यक्रममा सवैलाई उपस्थिती हुनका लागि आग्रह गरिएको गतिविधी नेपालका अध्यक्ष महताराले बताउनुभयो ।

2413 पटक हेरिएको 

