प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी

काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो। उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएकाे छ।

सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन। उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार  तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन् । ती सबै उजुरी शुक्रबारको बैठकले सार्वजनिक गर्ने बताइएको छ ।

शुक्रबार बिहान बैठक बोलाइएको छ। सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार