संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने

काठमाडौँ । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ ।

सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाले जनाएकाे छ ।

उक्त अभ्यासको तयारीका सन्दर्भमा सेनाको तीन सदस्यीय टोली भने केही दिनअघि नै त्यहाँ पुगिसकेको थियो ।

बिम्स्टेक स्थापनाको उद्देश्य विपरीत संयुक्त अभ्यास हुन लागेको भनी आलोचना भएपछि सरकारले सेनालाई उक्त अभ्यासमा सहभागी नहुन निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार