काठमाडाैँ । बैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृती अन्त्यका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट अनलाईन प्रणाली सुरु गर्न लागेको छ ।
म्यानपावर व्यवसायी तथा बिचौलियाका कारण श्रमिक मारमा परेको भन्दै मन्त्रालयले बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाईन प्रणाली सुरु गर्न लागेको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिए ।
उनका अनुसार प्रणालीमा सम्बन्धीत मुलुकबाट आएको माग, तलब तथा लागतसँगै कामको विबरण तथा गुनासो र उजुरी समेत राख्न सकिनेछ । बैदेशीक रोजगारका क्षेत्रमा काम गर्ने निकायहरुलाई एकै ठाँऊमा ल्याउने र कर्मचारीलाई समेत जवाफदेही बनाउन यो प्रणालीको बिकास गरिएको मन्त्रालयको दावी छ ।

959 पटक हेरिएको 

