पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ विमानस्थलमा मानव तस्करको सञ्जाल

दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक  भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो ।

उनीहरु तयसअघि कुनै देश गएका थिएनन् ।  पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् ।  भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो ।

तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शांक बढेको छ ।

पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो ।  साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए ।

विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार