४ असोज, काठमाडौं । एनप्याब्सनले सरकारको अनिवार्य तथा निशुल्क शिक्षा विधेयक २०७५ को विरोध गरेको छ । नेशनल प्याब्सन काठमाडौंले एक विज्ञप्ती जारी गदै निशूल्क र अनिवार्य शिक्षा व्यवहारिक र सान्दर्भिक नभएको भन्दै संसोधनको माग गरेको छ ।

एनप्याब्सन नगरकोषाध्यक्ष प्रेम कुमार भुजेलले विधेयकको विरोधमा शुक्रवार कठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो । उहाले सुनुवाई नभए आन्दोलनमा जाने समेत चेतावनी दिनुभयो ।

1370 पटक हेरिएको 

