१३ असोज, काठमाडौं । प्रदेश -३, नेपाल तेक्वान्दो संघले अमेरिकामा बसोबास गर्दै आउनु भएका तीन जना नेपालीलाई सम्मान गरेको छ । संघले गत शनिवार एक कार्यक्रमको आयोजना गरी हिमालय फाउन्डेसनका पूर्व अध्यक्ष यज्ञलाल श्रेष्ठ, क्यालिफोर्नियाका व्यवसायी तथा लायन्स नारायण सोनामी तथा क्यालिफोनियामा बसोवास गदै आउनुभएका बुद्ध महर्जनलाई सम्मान गरेको हो ।
उनीहरुलाई संघका अध्यक्ष केशव पुरी र नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सयुक्त रुपमा प्रमाणपत्र सहित सम्मान गर्नुभयो। बिदेशीमा बसेर नेपालमा महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको हो । सम्मान कार्यक्रम पछि बोल्दै संघका अध्यक्ष पुरीले अगामी दिनमा अमेरिका रहेका नेपाली र तेक्वान्दो संघ मिलेर काम गर्ने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा हिमालय फाउन्डेसनका पूर्व अध्यक्ष यज्ञलाल श्रेष्ठले आफुलाई सम्मान गरेकोमा तेक्यान्दो संघलाई धन्यावाद दिदै, नेपालको खेलकुदको क्षेत्रमा मिलेर काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । नेपाल तेक्वान्दो संघ प्रदेश- ३ का उपाध्यक्ष राजनसिंह भण्डारी, प्रदेश उपाध्यक्ष प्रोफेसर प्रकाश खड्गी लगायतको उपस्थिती रहेको थियो ।