सोमबार अभिभावक संघको ललितपुरमा एकदिने कार्यक्रम सम्पन्न

१५ असोज, काठमाडौं । ललितपुरको एकान्तकुना स्थित श्री महिन्द्र भृकुटी माध्यमिक बिद्यालयमा एक दिने जनचेतना तथा जीवनपयोगी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अभिभावक संघ नेपालको आयोजनामा सोमवार एक दिने कार्यक्रम आयोजना गरिएको हो ।

विद्यार्थीलाई नैतिक शिक्षा, दैनिक व्यवहारमा आवश्यक पर्ने ज्ञानगुनका विषयमा जानकारी दिने उद्धेस्यले कार्यक्रमको आयोजना गरिएको अभिभावक संघका अध्यक्ष केशव पुरीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्य सुप्रभात भण्डारीले अहिलेको परिस्थितीमा कितावी ज्ञानले मात्र नपुग्ने भन्दै अतिरिक्त क्रियाकलापमा पनि त्यतिकै ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नूभएको थियो ।

पछिल्लो समयमा अभिभावक संघले विभिन्न सामाजिक काम गदै आएको छ । त्यसैको निरन्तरा स्वरुप यो कार्यक्रम आयोजना गरिएको संघका सचिव केदार कार्कीले बताउनुभयो ।

अन्य फोटोहरु :

फोटोहरु : संगम कोइराला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार