१६ असोज, काठमाडौं । विवेकशील साझा पार्टीको नुवाकोट उपत्यका सम्पर्क मञ्चको संयोजकमा महेश अधिकारी चयन भएका छन् । गत शनिवार सम्पन्न नुवाकोटबाट काठमाडौंमा आई वसोवास गर्नेहरुको भेलाले अधिकारीलाई संयोजक चयन गरेको हो । त्यसैगरी, भेलाले सदस्यमा श्रीधर न्यौपाने, कृष्ण प्रसाद अधिकारी, जिवन थापा, अनिल वस्ती, अर्जुन सिग्देल, सरोज पाण्डे, राजेन्द्र घिमिरे र कमान तामाङलाई चयन गरेको छ ।

कार्यक्रममा बिवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नयाँ समितीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो ।

यस अघि मञ्चको संयोजकमा विमल तामाङ आउने भनिएपनि उनले खासै रुचि नदेखिएको एक सदस्यले बताए । तामाङले यस अघि पनि जिल्लामा बसेर महत्त्वपूर्ण जिम्मेवारी सम्हालीसकेका छ्न । नेतृत्व भन्दा पनि सक्षम नेता बनाउने र अगामी दिनमा केन्द्र र सगठनलाई मजबुत पर्ने काममा लाग्ने तामाङले जानकारी दिएका छन् । कार्यक्रममा ९० घण्टा २ मिनेट लामो वक्तव्य दिएर गिनिज बुक अफ रेकर्ड राख्न सफल अनन्तराज केसीलाई सम्मान गरिएको थियो ।

3362 पटक हेरिएको 

