एनप्याब्सनद्धारा दशैको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

२१ असोज काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले नेपालीहरुको महानपर्व बडादशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदन-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एनप्याब्सनका अध्यक्ष ऋतुराज रापकोटा, पूर्व अध्यक्ष कर्णबहादुर शाही, एनप्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुली, एनप्याब्सन नगरकोषाध्यक्ष प्रेम कुमार भुजेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा, काठमाडौंमा बिषयगत उत्कृष्ट शिक्षक अर्किड प्युपलका चोलेन्द्र कार्की लगायत १३ जना शिक्षक तथा एस.ई.ईमा उत्कृष्ट नतिजा ल्याउन सफल ४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र पुर्व अध्यक्ष कर्णबहादुर शाहीले संयुक्त रुपमा प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।

सम्मान पछि बोल्दै एनप्याब्सनका अध्यक्ष सापकोटाले यस कार्यक्रमले देशैभरका शिक्षा क्षेत्रका व्यक्तित्वसंग भेटघाट,  भावानात्मक सम्बन्ध वढाउन मद्धत पुगेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरा दिने समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार