सरस्वती पूजाको अवसरमा अर्किड प्युपल स्कुलको बृहत कार्यक्रम

 1740 पटक हेरिएको

२८ काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा स्थित अर्किड प्युपल सकेण्डरी स्कुलले सरस्वती पुजाको अवसरमा आइतवार बृहत कार्यक्रम आयोजना गरेको छ । स्कुलले श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा एस.ई.ई विद्यार्थीलाई विदाइ तथा कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलले यस वर्ष पनि गरिब तथा जेहान्दार विद्यार्थीलाई विशेष छुट दिने घोषणा गर्नुभयो । उहाँले कार्यक्रममा बर्ष २०७५ मा कक्षा प्रथमलाई ३० प्रतिशत, दोस्रोलाई २० प्रतिशत र तेस्रोलाई १० प्रतिशत माशिक शुल्कमा छुट दिएको र आगामी बर्ष पनि यसलाई निरन्तरता दिने घोषणा गर्नुभयो ।

त्यसैगरी, स्कुलमा सरस्वती पूजाको अवसरमा ८० जना नयाँ विद्यार्थीहरु भर्ना भएको समेत अर्किडका प्रधानाध्यापक चोलेन्द्र कार्कीले जानकारी दिनुभयो ।  त्यस्तै, स्कुलले प्रत्येक वर्ष गदै आएको “अर्किड कप २०७५” यही माघ २९ गतेबाट शुरु हुने समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार