इलाम पाथिभरा दर्शन प्रालिले सञ्चालनमा ल्यायो चार करोड लगानीमा रिसोर्ट

ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसकेको र थप आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले बताए ।

पाथिभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्रमा घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा दिने रिसोर्टको उद्धेश्य रहेको कटुवालले बताए ।

छपन्न रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिएर पर्यटन उद्यमी कटुलालले एकल लगानीमा रिसोर्ट निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार