२६ काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसंग स्वतन्त्र मधेश निर्माण गर्ने गरि जनमत संग्रह गर्ने सहमति नगरेको गृहमन्त्रीले बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले मधेसलाई नेपालबाट अलग गरि स्वतन्त्र मधेस निर्माण गर्ने कोणबाट कुनै सहमति नभएको स्पष्ट पारे । जनअभिमतको अर्थ जनमतसंग्रह नभएको भन्दै उनले स्वतन्त्र मधेस निर्माण गर्ने मागलाई सरकारले मानेको छ भन्ने सांसदहरुको विश्लेषण गलत भएको बताए ।

सहमतिमा उल्लेख भएको शब्द जनअभिमतलाई जनमत संग्रहका रुपमा व्याख्या गर्न खोजिएको भन्दै उनले शब्दको मर्म विपरित भ्रम श्रृजना गरेर सरकारलाई असफल पार्न खोजिएको दाबी गरे । सहमति गर्दा शब्दहरुमा सरकार चिप्लिएको भन्ने गम्भीर आशंका गर्नु केबल भ्रम भएको उनले बताए ।
स्वतन्त्र मधेस गठबन्धनसंग भएको राजनीतिक सहमति ऐतिहासिक सहमति भएको र यसले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको रक्षा गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको दाबी गृहमन्त्रीले गरेका छन् ।
राज्यले विखण्डनकारीहरुको अगाडि आत्मसर्मपण गर्यो भन्दै सदनबाट नै सरकारका विरुद्ध आरोप आएको भन्दै उनले त्यसले आफुहरुलाई आश्चर्यचकित पारेको बताए ।

490 पटक हेरिएको 

