केन्यामा १५७ यात्रु बोकेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटना भएको छ । आडीस अबाबाबाट नैरोबी आउँदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेको थियो ।

इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।

एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेको जनाएको छ ।

बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८.३८ मा विमान उडेको थियो । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो । – एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार