३६० केजी चरेससहित तीन जना भारतीय पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ३६० किलो चरेससहित तीन भारतीयलाई पक्राउ गरेको छ ।

धादिङको गजुरीबाट जाँचका क्रममा काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको हो । गजुरीस्थित प्रहरीले जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताएका छन् । ट्रककाे क्याबिनको माथिल्लो भागमा फल्स बम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो ।

प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खानलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार