सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा१त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएलगतै जिल्ला अस्पताल लगिएका उनीहरुको राति १० बजे ज्यान गएको हो ।

1123 पटक हेरिएको 

