जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु, १८ जना घाइते

हेटौंडा । भक्तपुरबाट हेटौंडा–५ पिप्लेमा जन्ती लिएर जाँदै गरेको बस दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा सोमबार दिउँसो २ बजे बा ४ ख २२१७ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा दुई जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा काभ्रे पाँचखाल लामिडाँडाका ३५ बर्षीय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षीय बिका धमला रहेका छन् ।

घाइते मध्ये १२ जना हेटौंडाको चुरेहिल अस्पताल र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा फेला परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार