भरतपुर महानगरको ५ नम्बर वडा कार्यलयमा बम विस्फोट

भरतपुर महानगरपालिका –५ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति करिब १२ बजे सिलिण्डर बम विस्फोट भएको हो । विस्फोटबाट कार्यालय भवनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुखउपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

विस्फोटपछि कार्यालयमा लागेको आगो महानगरको दमकल र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार विस्फोटबाट मानवीय क्षति भएको छैन । विस्फोटबाट कार्यलयका कागपत्र नष्ट भएको छ भने झ्यालका सिसाहरु फुटेका छन् । घटनालगत्तै चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । विस्फोट कस्ले र किन गराएको भन्ने खुल्न सकेको छैन ।

प्रहरीले दुई वटा मोटरसाईकलमा सवार ६ जनालाई राति नै नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार