कैलालीमा जन्ती बसमा आगजनी, तीन जना पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा बिहीबार कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी भएको छ ।

जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् । आगजनीमा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार