कसैको नक्कल गरेर आन्दोलन सफल हुँदैन :अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् ।

पेरिसडाँडामा बिहीबार आयोजित सहिद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा बोल्दै प्रचण्डले कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुने बताए ।

प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख्न चेतावनी दिए ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको र प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन नसकिने बताए ।

उनले भने, ‘देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार