न्यूजिल्याण्डको दुई मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

एजेन्सी । न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा आक्रमण भएको छ । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको डेलीमेलले उल्लेख गरेको छ । अल नूर मस्जिद र लिनउड मज्जिदमा नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई पक्राउ गरेको छ । । तर खतरा भने नटरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको डेलीमेलले जनाएको छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली चलाएका थिए ।

अहिले क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरु बन्द गरिएको छ। न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले यो घटनालाई न्यूजिल्याण्डको इतिहासकै कालो दिनका रुपमा बताएकी छिन् ।

घटनाबारे कति हाताहती भयो भन्नेबारे प्रहरीले केही बताएको छैन । यद्यपी उनीहरुले आक्रमणबारे अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार