बलिउडमा लगातार सफल रहेकी अभिनेत्री आलिया भट्टले अब तेलुगू फिल्ममा डेब्यू गर्ने भएकी छिन् । बहुबली सिरिज बनाएका एस.एस. राजमौलीको फिल्म ‘आरआरआर’ मार्फत आलियाले तेलुगू डेब्यू गर्न लागेकी हुन् ।
आरआरआर मार्फत राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् । राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख्य भूमिकामा रहने बताएका छन् ।

पहिलो पटक दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको आलियाले बताएकी छिन् । सो फिल्म सन् २०२० को मे ३० मा रिलिज हुनेछ ।
आलिया अहिले फिल्म ‘ब्रह्मास्त्र’मा व्यस्त रहेकी छिन् । त्यस्तै उनको ‘कलंक’ फिल्म पनि रिलिजको तयारीमा रहेको छ ।

1423 पटक हेरिएको 

