समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश

बंगलादेश ३-० गोलअन्तरले पराजित

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शनिबार भएको सहिद रंगशालामा समूह ‘ए’को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराएको हो ।

नेपालले खेलको पहिलो हाफमा नै तीन गोलको योगदान गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरेका थिए । बंगलादेशले आत्मघाति गोल गर्दा नेपालको गोल संख्या तीन पुगेको हो ।

समुह विजेता बनेको नेपालले २ खेलबाट ६ अंक जोड्यो र समुह विजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गर्यो । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो भने बंगलादेशले भुटानमाथि २-० को जित निकालेको थियो ।

बंगलादेश उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार