सप्तरीको सुरुङ्गामा आगलागी, १० घर जलेर नष्ट

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा शनिबार दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब २६ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेको हो । आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीले दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएका थिए । आगलागी के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार