नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा रोकिराखेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बिग्रिएर रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुईजना भने गम्भीर घाइते भएका छन्। सो दुर्घटनामा दाङका १८ वर्षीय अनराम रुखालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ।
गम्भीर घाईते भएका ३० वर्षीय सुदीप राई र २३ वर्षीय विनोद लामाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार कावासोती खरबट्टा जंगलमा बिग्रिएर रोकेर राखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रक ठोक्किएको हो ।

802 पटक हेरिएको 

