यि हुन् सुन्तला खानुका फाइदा

सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो मानिन्छ । सुन्तलामा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । यस्ता छन् सुन्तला खानुका फाइदा :

– सुन्तलामा पाइने सिट्रस लिमोनोइड्सले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ ।
– सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ ।
– सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट्स मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ ।
– सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूधपाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
– सुन्तलाले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलस्ट्रोल सन्तुलनमा राख्छ ।
– थकाइ लागेका बेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ ।
– सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार