उपयुक्त समयमा मन्त्रिमण्डललाई पूर्णता दिइन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिक्त रहेका मन्त्रालयलाई पूर्णता प्रदान गरिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको स्पष्ट पारे ।

कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा झुण्ड मात्र भएकाले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको उनले बताए ।

उनले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार