डडेल्धुराको गन्यापधुरा गाउँपालिका – ३ स्थित केआइ सिं राजमार्ग अन्तर्गत गयलखेतमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले बताए । डोटीको दिपायलबाट कैलाली धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रो बस यात्रु भर्ने क्रममा सडकबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनाका घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई भने मेडिकल कलेज कोहलपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

859 पटक हेरिएको 

