अब घरमै बसीबसी घरजग्गा लेनदेन, लेखनदास नचाहिने

काठमाडौं । अब घरजग्गा खरिद बिक्री गर्दा लेखनदास नचाहिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले आइतबारदेखि डिजिटल मालपोतको अभियान काठमाडौंको कलंकी मालपोतबाट सुरु गरेको छ।

सेवाग्राहीले मालपोत कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागको वेबसाइटबाट फाराम डाउनलोड गर्न सक्नेछन्। सरल भाषामा रहेको उक्त फाराम सेवाग्राही आफैँले भरेर जग्गा खरिद बिक्री गर्न सक्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताएका छन् ।

मन्त्रालयले पब्लिक एक्सेस मोडुल नाम प्रणालीको विकास गरिरहेको छ। जसको माधयमबाछ घरममा नै बसेर देशभरका आफ्ना घरजग्गा विवरण हेर्न सकिनेछ।

यसका लागि सेवाग्राहीले मालपोत कार्यालयबाट युजरनेम र पासवर्ड लिनुपर्नेछ। मालपोत कार्यालयबाट डिजिटल सेवा सुरु भएसँगै ७० प्रतिशत भ्रष्टाचार रोकिने सरकारको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार