सुनकाण्डमाथिको थुनछेक आदेशमाथि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

काठमाडौंं । न्यायपरिषद्ले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा भएको थुनछेक आदेशमाथि विस्तृत अनुसन्धान गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषद्को सोमबारको बैठकले दुई समितिले बुझाएको प्रतिवेदन बुझ्दै विस्तृत अनुसन्धानका लागि समिति गठन गरेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानको जिम्मेवारी पाएका सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो प्रतिवेदन बुझाएका छन्। आदेशका क्रममा प्रचलित कानुन र न्यायका मान्य सिद्धान्तको पालनामा गम्भीर प्रश्न उठेपछि जाँचबुझ समिति गठन भएको हो।
खतिवडा संयोजकत्वको समितिले ४५ दिनको समयसीमा पाएको थियो। परिषद् स्रोतका अनुसार, समितिमा केदारप्रसाद चालिसे संयोजक छन् भने मीरा खड्का र विश्वम्भर श्रेष्ठ सदस्य छन्। उनीहरुले पनि डेढ महिनाको समयसीमा पाएका छन्।

सुन प्रकरणमा भएको शंकास्पदु आदेशका कारण उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटा न्याय परिषद् तानिएका छन्। उनीहरुले सुन प्रकरणमा प्रभावशाली ठानिएका व्यक्तिहरुलाई सामान्य तारेख वा नाम मात्रैको धरौटीमा छाडेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार