काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार गर्ने दुई व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ।
प्रहरीले जवाफी फायरिङ गरी दुई जनालाई गिरफ्तार गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले बताए।
जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताए। उनका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले काफलडाँडाको स्थिति मङ्गलबार रातिदेखि नै सामान्य रहेको बताए।

964 पटक हेरिएको 

