काठमाडौं । गत फागुन १५ मा ताप्लेजुङको तारेढुंगा सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हेलिकोप्टर दुर्घटनबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दुर्घटना जाँच एजेन्सी (ब्यरो अफ इन्क्वाइरी एन्ड एनलाइसिसि फर सिभिल एभिएसन सेफ्टी)ले पनि दुर्घटनाबारे अनुसन्धानमा सहभागी हुने चासो व्यक्त गरेको छ।
आयोगका संयोजक यज्ञप्रसाद गौतमले फ्रान्सेली जाँच एजेन्सीले सहभागिताका लागि खबर पठाएको र त्यसबारे के गर्ने भन्नेमा आयोग सकारात्मक रहे पनि निर्णय भने भइनसकेको जानकारी दिए।

1750 पटक हेरिएको 

